Breaking News.... EverestOnlineKhabar
June 25, 2026

ह्यारीकी प्रेमिका मेगानको आगमनले राजपरिवारमा बदलाव ल्याउँदै

Loading

एजेन्सी,मंसिर ।
बेलायतका राजकुमार ह्यारीले आफ्नी प्रेमिकासँगको सम्बन्ध र विवाहको खबर सार्वजनिक गरेसँगै यस विषयले विश्वभर चर्चा पाएको थियो । अमेरिकी मूलकी मेगानबारे धेरै कुराहरु राजपरिवारका हिसाबले असामान्य भएकाले पनि यस समाचारले धेरैलाई अचम्मित बनाएको थियो ।
मोडल तथा अभिनेत्रीका रुपमा काम गरिसकेकी डिभोर्सी मेगानलाई राजपरिवारका सबै सदस्यले अपनाउने निर्णय गरिसकेको भएपनि उनको आगमनले राजपरिवारमा धेरै परिवर्तन ल्याउनेबारे सबैले पहिले नै अनुमान गरिसकेका थिए ।
नभन्दै मेगानले यसअघिका राजकुमारीहरुले पालन गर्दै आएका नियमलाई चुनौति दिँदै नयाँ रीति स्थापित गरिरहेकी छन् । वास्तवमा हिजो मात्र बकिङगमको राजदरबारमा मेगानले विवाहअघि नै रानीसँग क्रिस्मस मनाउने र परम्परागत चर्चमा समेत उपस्थित हुने खबर सार्वजानिक गरिएको थियो ।
यस खबरले भिक्टोरियाको अहिलेसम्म चलिआएको परम्परागत मान्यतालाई चुनौति दिँदै राजपरिवारमा आधुनिकतातर्फको बाटो खोलिदिएको छ । लामो समय पछि मात्र राजपरिवारले यसरी नयाँ परिवर्तनलार्ई स्वीकारेको बताइएको छ ।
यसअघि राजकुमारी केटले यस्ता कुनै अवसर पाएकी थिइनन् । तर विवाह हुनु धेरै समय अघि देखि नै मेगानले भने विभिन्न बाहानामा राजपरिवारसँग संलग्नता जनाइरहेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed