![]()
इलाम,मंसिर ।
पूर्वप्रधानमन्त्री एंव नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल ५ औँ पटक सांसदमा निर्वाचित हुनुभएको छ । नेता झलनाथ खनाल इलाम क्षेत्र नं. १ बाट भारी मतान्तरसहित विजयी भएका हुन् । संसदका लागि उहाँको यो जीत पाँचौं पटक हो ।
मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेता खनालले ३६ हजार ८०७ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिष्पर्धी नेपाली कांग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६ सय २७ मत ल्याएका छन् ।
नेकपा एमालेको अध्यक्ष समेत रहिसक्नुभएका खनाल अध्यक्षात्मक प्रणाली अघि पार्टीका महासचिव भईसक्नुभएको छ । अर्थात उहाँले नेकपा एमालेको २ पटक हाइकमाण्ड सफलतापूर्वक सम्हालिसक्नुभएको छ ।
वरिष्ठ नेता खनाल २०६७ सालमा तत्कालिन एकिकृत नेकपा माओवादीको समर्थनमा प्रधानमन्त्री हुनुभएको थियो । नेपालको राजनीतिमा बौद्धिक नेताका रुपमा चिनिने नेता खनाल संचारमन्त्री,कृषिमन्त्री समेत भईसक्नुभएको छ ।


