![]()
काठमाडौ,मंसिर ।
आमनिर्वाचनका परिणामहरु धमाधम आइरहेका छन् ।प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो र दास्रो चरणमा भएका मतदानको परिणामहरु आइरहेका छन् । पछिल्लो परिणामअनुसार मोरङ १ मा एमालेका घनश्याम खतिवडा ३७,५२४ मतसहित विजयी हुँदा कांग्रेसका डिकबहादुर लिम्बुले ३१,४३६ मत पाएर पराजित भएका हुन । बाग्लुङ १ मा एमालेका सूर्य पाठक ३३६५७ मतसहित विजयी हुँदा कांग्रेसकी चम्पादेवी खड्काको २०६०० मत ल्याएर पराजित भइन । बाग्लुङ २ मा माओवादी केन्द्रका देवेन्द्र पौडेल २८८२७ मतसहित विजयी हुँदा कांग्रेसका निरज पुन १९९०५ मत पाएर पराजित भए ।
सिन्धुपाल्चोक २ मा एमालेका शेरबहादुर तामाङ ३८४०१ मत ल्याएर विजयी हुँदा राप्रपा प्रजातान्त्रिकका पशुपतिशमशेर राणाले ३०३६९ मत पाए । ओखलढुंगामा एमालेका यज्ञराज सुनुवार ३२ हजार ५८० मतसहित विजयी हुँदा कांग्रेसका रामहरि खतिवडाले २७,३२७ मत ल्याएर पराजित भए ।काठमाडौं ८ मा एमालेका जीवनराम श्रेष्ठ विजयी भएका छन । श्रेष्ठले १३,३९७ मत ल्याउँदै कांग्रेसका नवीन्द्रराज जोशीलाई पराजित गरे । जोशीले १२,९५३ मत पाए । काठमाडौं ३ बाट एमालेका कृष्ण राईले १९ हजार १६९ मत ल्याएर विजयी भए । उनकी प्रतिस्पर्धी कांग्रेसकी अम्बिका बस्नेतले १४८८४ मत पाइन् ।
रसुवामा कांग्रेसका मोहन आचार्य ११४५३ मत ल्याई विजयी भएका छन । उनका प्रतिस्पर्धी एमालेका जनार्दन ढकालले १०२७८ मत पाए । मोरङ ६ मा एमालेका लालबाबु पण्डित ३३९४१ मत ल्याई विजयी भए । उनले कांग्रेसका शेखर कोइरालालाई पराजित गरे । कोइरालाको ३३२६६ मत रहेको छ ।
मोरङ क्षेत्र नम्बर ३ मा एमालेका भानुभक्त ढकाल ४२ हजार ४१३ मतसहित विजयी भए । कांग्रेसका सुनील शर्मा ४० हजार ५ सय मत ल्याई पराजित भए । धादिङ प्रदेश २ क मा एमालेका रामकुमार अधिकारी विजयी भए भने धादिङ प्रदेश १ क मा एमालेका राजेन्द्र पाण्डे विजयी भए । धादिङ प्रदेश ख मा माओवादीका शालिकराम जम्मकट्टेल विजयी भएका छन ।
पश्चिम रुकुममा माओवादी केन्द्रका जनार्दन शर्मा ३४ हजार ४०२ मतसहित विजयी भएका छन । डोल्पाबाट प्रतिनिधि सभा सदस्यमा एमालेका धनबहादुर बुढा ११७६१ मतसहित विजयी भएका छन ।
यस्तै बाजुराबाट प्रतिनिधि सभा सदस्यमा एमालेका लालबहादुर थापा २८०६५ मतसहित विजयी भएका छन । यस्तै म्याग्दीमा प्रतिनिधिसभा सदस्यमा एमालेका भुपेन्द्रबहादुर थापा २२,१७० मतसहित विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खम्बीर गर्बुजाले २०,०५३ मत पाए ।
मुगुमा प्रतिनिधि सभा सदस्यमा एमालेका गोपालबहादुर बम विजयी भएका छन । हुम्लाको प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा ८,४९१ मत प्राप्त गरी विजयी भएका छन । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मंगलबहादुर शाहीले ८,४४४ मत प्राप्त गरे ।
बझाङको प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका भैरवबहादुर सिंह २८,८८१ मत ल्याएर विजयी भएका छन । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह २३,२२२ मत प्राप्त गरे । यसैगरी रुकुम पूर्वको प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रकी कमला रोका विजयी भएकी छिन । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशंकर घर्तीले ४ हजार ४ सय ६ मत प्राप्त गरे ।
त्यसैगरी मनाङमा पनि प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका पाल्देन छोपाङ गुरुङ निर्वाचित भएका छन । उनले २ हजार ३ सय मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टेकबहादुर गुरुङले २ हजार २१ मत प्राप्त गरे ।
त्यसैगरी प्रतिनिधिसभा सदस्यमा मुस्ताङबाट नेकपा एमालेका प्रेमप्रसाद तुलाचन निर्वाचित भएका छन । तुलाचनले ३,५४४ मत ल्याएर निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३,२८१ मत प्राप्त गरे । पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लाका प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्रमा र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा निर्वाचन भएको थियो ।


