Breaking News.... EverestOnlineKhabar
April 23, 2026

रुसी राष्ट्रपति पुटिन आगामी निर्वाचनमा पुनः राष्ट्रपतिको उम्मेदवार बन्ने

Loading

एजेन्सी,मंसिर ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आगामी राष्ट्रपतीय निर्वाचनमा पनि उम्मेदवार बन्ने भएका छन् । आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा उनी चौथो कार्यकालका लागि उम्मेदवार बन्न लागेका हुन् ।
रुसको एक कारखानाका मजदुरलाई सम्बोधन गर्ने क्रममा उनले आफ्नो उम्मेदवारीका बारेमा प्रष्ट पारेका हुन् । सन् २००० मा पहिलो पटक राष्ट्रपति बनेका पुटिन कहिले प्रधानमन्त्री त कहिले राष्ट्रपति बन्दै सत्तामा रहेका छन् ।
रुसमा पुटिनलाई एक शक्तिशाली नेताका रुपमा लिने गरिन्छ । राष्ट्रपति पदमा उम्मेदवारी दिने पुटिनको घोषणालाई मजदुरहरुले स्वागत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed