Breaking News.... EverestOnlineKhabar
April 21, 2026

पहिलो चरणको गणना साँझ ५ बजेबाट, दोस्रो चरणको लागि मतपेटिका संकलन भए लगत्तै गणना गरिने

Loading

काठमाडौं । मंसिर १० गते सम्पन्न पहिलो चरणको प्रदेश र प्रतिनिधिशभा निर्वाचनको मतगणना साँझ ५ बजेबाट हुँदैछ ।

मंसिर १० मा ३२ जिल्लाका ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतदान भएको थियो । मतदान सकिएको ११ दिन पछि मतगणना गरिदै छ
दलका प्रतिनिधीहरुले मतपत्र छुन नमिल्ने गरि मतगणनाको व्यवस्था मिलाइएको छ । दलका प्रतिनीधिहरुले नजिकबाट देख्न मिल्ने तार जाली भित्र निर्वाचन आयोगका कर्मचारीले मत गन्नेछन् ।

पहिलो चरणमा मतदान भएका हिमाली जिल्लाहरु मध्य मनाङ र मुस्ताङको मत परिणाम छिटो आउने अपेक्षा गरिएको छ । ति दुई जिल्लामा मतदाताको संख्या न्युन छ ।

मनाङमा ५ हजार ८८० र मुस्ताङमा ९ हजार ४२७ मतदाता रहेका छन् । मनाङ र मुस्ताङमा प्रतिनिधी तथा प्रदेश सभाका मतपत्रमा दुई वटा मात्रै चुनाव चिन्ह रहेकोले गणना छिटो सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed