Breaking News.... EverestOnlineKhabar
April 21, 2026

प्रचण्डद्वारा चितवनको भरतपुर महानगरपालिका–१४ स्थित आधारभूत प्राथमिक विद्यालयमा मतदान, अब अर्को अध्याय सुरू

Loading

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिका–१४ भीमसेनगरस्थित आधारभूत प्राथमिक विद्यालय शान्तिपुरको (क) केन्द्रबाट मतदान गर्नुभएको छ ।

मतदानपछि संचारकर्मीसंग कुरा गर्दै अध्यक्ष दाहालले अब इतिहासको एउटा अध्यायको समापन र अर्को अध्यायको शुरुवात भएको बताउनुभयो । अब राजनीतिक यात्राको होइन, विकासको यात्रा शुरु भएको भन्दै उहाँले यो निर्वाचनको सफलतासँगै देशमा राजनीतिक स्थायित्वको वातावरण बन्ने बिश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो “अब जसले भए पनि गठबन्धनले बहुमत ल्याउनुपर्छ, यसपटक वामपन्थीकै बहुमत आउँछ, त्यसमा शंका गर्नुपर्ने छैन ।”

यो परिवर्तनका निम्ति सबैभन्दा ठूलो विद्रोहको नेतृत्व आफूले गरेको भन्दै शान्ति सम्झौताको नेतृत्व पनि गिरिजाप्रसाद कोइराला र आफूले गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed