![]()
काठमाडौं । थाई एयरवेज गल्फ प्रतियोगिता शनिबार हुने भएको छ । आयोजक थाई एयरवेजले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।
प्रतियोगितामा पुरुष, महिला, सिनियर र जुनियर गरी ७० बढी गल्फरको सहभागिता रहनेछ । प्रतियोगितामा रोयल नेपाल गल्फ क्लबमा सदस्य र आमन्त्रित गल्फरहरुले खेल्नेछन् । प्रतियोगिता स्टेबल फोर्ड पद्धतिअनुसार ३ र४ ह्यान्डीक्यापमा हुनेछ ।
प्रतियोगितामा पुरुषतर्फ ९ ह्यान्डीक्यापमुनी र १० ह्यान्डीक्यापमाथिका खेलाडीले पुरस्कार पाउनेछन् । दुवै विधाका बिजेताले थाई एयरवेजको दुईतर्फी टिकट पाउनेछन् । महिला, सिनियर महिला, सिनियर पुरुष,र जुनियरको विजेताले ट्रफी तथा पुरस्कार पाउनेछन् । यस्तै बेस्ट ग्रोस, लंगेस्ट ड्राइभ, मोस्ट बर्डीज र क्लोजेस्ट अफ दि पिनलाई पनि पुरस्कृत गरिनेछ । त्यस्तै १२ होलमा होल इन वन गर्नेले पनि थाई एयरवेजको टिकट पुरस्कार पाउनेछन् ।
थाई एयरवेजले नेपालमा आफ्नो उडान सुरु गरेको ५० औं वर्ष पुगेको अवसरमा प्रतियोगिता गर्न लागेको हो ।


