Breaking News.... EverestOnlineKhabar
April 21, 2026

शिवपूजन रायको उम्मेदवारी रद्दको निर्णय सर्वोच्चद्वारा सदर, राय उम्मेदवार हुनबाट वञ्चित

Loading

काठमाडौं । सर्लाहीको निर्वाचन क्षेत्र नम्बर– ४ बाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका नेता शिवपूजन रायको उम्मेदवारी रद्द गर्ने निर्वाचन आयोगको निर्णय सर्वोच्च अदालतले सदर गरेको छ ।

कूटनीतिक राहदानी दुरुपयोगको आरोपमा आयोगले उमेदवारी खारेज गरेपछि राय सर्वोच्च पुगेका थिएि । यादवको मुद्दामा सर्वोच्चले आन्तरिम आदेश जारी नहुने फैसला सुनाएपछि उनी उम्मेदवार नहुने निश्चित भएको छ ।

न्यायाधीशद्वय दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले सो आदेश दिएको हो । आयोगले मंसिर ११ गते उनको उम्मेदवारी खारेज गरेको थियो । कूटनीतिक राहदानी दुरुपयोग मुद्दामा उनी विशेष अदालतबाट दोषी ठहर भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed