Breaking News.... EverestOnlineKhabar
April 22, 2026

Loading

काठमाडौं । मंसिर २१ गते हुन गैरहेको दोस्रो चरणको प्रदेश तथा प्रतिनिधिशभा निर्वाचनको सबै तयारी पूरा भएपनि मतदान गर्ने तरिकाबारे भने काठमाडौं उपत्यकाकै मतदाता अन्यौलमा परेका छन ।

मतपत्रको प्रकार र मतदान गर्ने तरिकाका बिषयमा उनीहरुमा अन्यौल देखिएको हो । मतदाताको आफनै हेलचेक्र्याइँ र मतदाता शिक्षाको अभावका कारण यस्तो अन्यौल देखिएको हो ।

काठमाडौं नयाँ बानेश्वरकी रश्मिला थापालाई प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा कसरी भोट हाल्ने विषयमा जानकारी छैन । उनी भन्छिन, “तीनवटा कागज दिन्छ रे । त्यसमा तीनवटै छाप लगाउनुपर्छ भन्छन् । त्यो भनेको कुन ठाँउमा कहाँ हाल्ने, मलाई केही थाहा छैन । कोही सिकाउन आएको पनि छैन ।“

दोस्रो चरणको निर्वाचनमा काठमाडौंका तीन जिल्लाका १० लाखभन्दा बढीको नाम मतदाता सूचीमा रहेको छ । निर्वाचन आयोगका अनुसार गत स्थानीय तहको निर्वाचनमा ३ दशमलव ४४ प्रतिशत मत बदर हुँदा शहरी क्षेत्रबाट खसेका थुप्रै मत बदर भएका थिए । शिक्षित वर्गका मतदाताहरुको बाहुल्य रहेको ठानिने शहरी क्षेत्रमा नै बदर मत धेरै खस्नुलाई कतिपयले आश्चर्य मानेका छन ।

उपत्यकामा ७४१ जना मतदाता शिक्षा स्वयंसेवक खटाएको जनाएको निर्वाचन आयोगले भने छोटो समयमा मतदाता शिक्षालाई प्रभावकारी बनाउन नसकेको स्विकारेको छ । शहरी मानिसहरुमा चुनावबारे हेलचेक्र्याइँ बढी हुनुले पनि मत बदर हुने गरेको निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त निलकण्ठ उप्रेती बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed