Breaking News.... EverestOnlineKhabar
April 22, 2026

शीर्ष स्थानमा फर्कियो इन्टर मिलान

Loading

एजेन्सी,मंसिर ।
इन्टर मिलान फेरि इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा फर्किएको छ । लिगमा अपराजित रहेको इन्टर मिलानले आइतबार राति भएको खेलमा केएभोमाथि ५–० को शानदार जित दर्ता गर्दै महत्वपूर्ण तीन अंक जोड्दै फेरि शीर्ष स्थानमा उक्लिएको हो ।
इन्टर मिलानको जितमा इभान पेरिसकले ह्याट्रिक गरे भने माउरो आइकार्डी र स्क्रिनिएरले एक एक गोल गरे । २३ औं मिनेटमा पेरिसकको गोलबाट इन्टर मिलानले सुरुवाति अग्रता लियो । ३८ औं मिनेटमा आइकार्डीले गोल गरेपछि इन्टर मिलानले पहिलो हाफमा २–० को अग्रता लियो ।
५७ औं मिनेटमा पेरिसिकले व्यक्तिगत दोस्रो तथा ६० औं मिनेटमा स्क्रिनिएरले गोल गर्दै मिलानको अग्रता ४–० मा पुर्‍याए । इन्जुरी समयमा गोल गर्दै पेरिसिकले ह्याट्रिक पूरा गरे भने मिलान ५–० ले विजयी भयो । जितपछि शीर्ष स्थानमा फर्किएको इन्टर मिलानको १५ खेलबाट ३९ अंक भएको छ । नापोलीको ३८ तथा युभेन्टसको ३७ अंक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed