Breaking News.... EverestOnlineKhabar
April 22, 2026

राष्ट्रपति ट्रम्प लडाईँका लागि तयार भएको उत्तर कोरियाको निष्कर्ष

Loading

एजेन्सी,मंसिर ।
उत्तर कोरियाका अनुसार दक्षिण कोरियासँगको सबैभन्दा ठूलो हवाई लडाकू अभ्यासपछि ट्रम्प भयङ्कर आणविक लडाईँका लागि आतुर भइरहेका छन् । यसअघि उत्तर कोरियाको आणविक मिसाइल परीक्षणलगत्तै अमेरिकाले पनि त्यहाँको आकाशमा हतियारले भरिएका लडाकू विमान उडाएको थियो ।
दक्षिण कोरियासँग मिलेर गरिरहेको विभिन्न सैन्य अभ्यासपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आत्मविश्वास बढ्दै गएकाले उनले युद्धको वातावरण सिर्जना गरिरहेको उत्तर कोरियाको भनाइ छ ।
उत्तर कोरियाको समाचार एजेन्सीले यसबारेमा थप जानकारी दिँदै भनेको छः‘अमेरिकाको लापरवाहीपूर्ण बयान र युद्धकै बाटो रोज्ने मानसिकताले कोरिया लगायत पूरै विश्वलाई विनाश गर्नेछ । त्यसकारण यसपछिको भयानक स्थितिको जिम्मा पनि अमेरिकाले नै लिनुपर्ने हुन्छ ।’
उत्तर कोरियाको परराष्ट्र मन्त्रालयले शनिबार यस्तो बयान दिएको बताइएको छ । योनहाप समाचारले दक्षिण कोरियामा अमेरिकाबाट ६ वटा विशाल लडाकू विमान भित्रिएको खबर गरेपछि नै उत्तर कोरियाले यस्तो बयान सार्वजानिक गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed