Breaking News.... EverestOnlineKhabar
April 22, 2026

घरबहाल सम्बन्धी नयाँ कानुन, घरबेटीले सजिलै कसैलाई हटाउन नसक्ने

Loading

काठमाडौ,मंसिर ।
घरबेटीले तपाईलाई तत्काल घर खाली गर्न निर्देशन दिएका छन् ? तर नआत्तिनुस्। कानुनतः अब आफ्नै घर खाली गराउन घरबेटीलाई सजिलो छैन । आगामी भदौबाट कार्यान्वयनमा आउने मुलुकी ऐनमा घरबहालसम्बन्धी नयाँ कानुनको व्यवस्था गरिएको छ।
जसअनुसार अब घरबेटीले आफ्नै घर खाली गर्न मौखिक सूचना दिएरमात्र पुग्दैन। घरबेटीले लिखित सूचना दिएको ३५ दिनसम्म सोही घरमै बसेर अर्को व्यवस्था गर्न सकिन्छ।
आफैंलाई घर आवश्यक भएमा बहालमा बसेकाहरुलाई घरधनीले हटाउन सक्छन् तर तीन महिनासम्म अरुलाई भाडामा दिन नपाइने र दिनै परे पहिले बहालमा रहेको व्यक्ति बहालमा लिनेमध्ये पहिलो प्राथमिकतामा पर्नुपर्ने व्यवस्था देवानी कानुनको दफा ४२२ को उपदफा ४ मा उल्लेख छ।
कानुनतः मासिक १० हजार रुपैयाँसम्मको घर बहालमा लिन–दिन बहाल लिने व्यक्तिसँग लिखित सम्झौता गर्नु पर्दैन। घर बहालको अवधि पाँच वर्षसम्म हुन सक्नेछ। तर, त्यसपछि बहालमा लिने÷दिने व्यक्तिले आवश्यकता अनुसार सहमतिमा पटक–पटक समय थप गर्न सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed