Breaking News.... EverestOnlineKhabar
April 21, 2026

ए्क्सल बिजनेस कलेजका बिद्यार्थीले चेतनामुलक कार्यक्रम गरी बिश्व एड्स दिवस मनाए

Loading

काठमाडौं । बिभिन्न कार्यक्रम गरी एक्सल बिजनेस कलेजका बिद्यार्थीहरुले बिश्व एडस दिवस मनाएका छन । डिसेम्बर १ तारिख बिश्व एडस दिवसको उपलक्ष्यमा बिबिए र बिबिए बिआइ प्रथम सेमेष्टरका बिद्यार्थीहरुले चेतनामुलक कार्यक्रम गरेका हुन । उनीहरुले लाखेचौर मार्ग, थापा गाउँ, नयाँ बानेश्वर लगायतका क्षेत्रमा समाजिक तथा चेतनामुलक कार्यक्रम गरेका हुन । त्यसक्रममा उनीहरुले सर्वसाधारणसंग एच आइ भि संक्रमितहरुसंगको एकताको प्रतिकको रुपमा रिबन बितरण गरेका थिए । खासगरी युवा वर्गमा एच आइ भि संक्रमण र यसको अशरका बारेमा थाहा होस भनेर उनीहरुले यस्तो कार्यक्रम गरेका हुन ।

बिद्यार्थीहरुले गरेको कार्यक्रममा सर्वसाधारणको समेत उत्साहजनक सहभागिता थियो । बिद्यार्थीहरुसंगै उनीहरु पनि यौन र एच आइ भि संक्रमणबारे चेतना फैलाउने अभियानमा सहभागी भएका थिए । केही मानिसहरुले भने एकताको प्रतिकको रुपमा बितरण गरिएको रिबन लगाउन अस्वीकार गरेका थिए । बिबिए प्रथम सेमेष्टष्रमा अध्ययनरत सकुन्तला बिसीले आफूले एच आइ भि एडसका बारेमा कुरा गर्दा केही व्यक्तिबाट नराम्रो व्यवहार सहनु परेको अनुभव पनि सुनाइन । अर्का बिद्यार्थी सरोज पाण्डेले थपे, ‘अझै पनि हाम्रो समाजमा थुप्रै संक्रमितहरु छन, जसका बारेमा जानकारी नै छैन । ’

अभियानमा सहभागि सबै बिद्यार्थीले एच आइ भि एडसका बारेमा यो बर्षभरी नै जानकारी र चेतना फैलाउन आवश्यक रहेको महसुस गरेका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed