![]()
धनगढी,१४ मंसिर ।
कैलाली–२ क का प्रदेशसभा सदस्य उम्मेदवार रतन थापाको निजी जीपमा अज्ञात समूहले आगजनी गरेका छन् । वाम गठबन्धनका साझा उम्मेदवार थापाको लम्की चुहा नगरपालिका स्थित घरपछाडि राखिएको बा१६च ६८९९ नम्बरको जीपमा आगजनी भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार, आगजनीबाट जीपको अगाडिको भाग जलेको छ । आगजनी कसले गर्यो भन्नेबारे थाहा हुन सकेको छैन ।
आगजनी गर्ने व्यक्तिको खोजीकार्य भइरहेको घिमिरेले जनाएका छन् ।


