![]()
दाङ । नेपाली कांग्रेस दाङले आयोजना गरेको चुनावी सभालाई लक्षित गरी बम विष्फोट गराइएको छ । कांग्रेसको कार्यक्रम स्थलदेखि दुई सय मिटर टाढाको दूरीमा बम विष्फोट हुँदा सातजना घाइते भएका छन् ।
विष्फोटमा परी प्रहरी विनोद चौधरी, स्थानीयवासी देवाकुमारी बिसी, जोनी बिसी, नेपबहादुर खत्री, हिमलाल रम्जाली, बोमराज सुनार र नरपति बुढाथोकी घाइते भएका छन् ।
घटनामा अरुपनि घाइते भएको र उनीहरुलाई पनि उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।


