Breaking News.... EverestOnlineKhabar
August 14, 2026

Loading

काठमाडौं । मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि तथा प्रदेशशभा निर्वाचनमा एक करोड मतदाता सहभागी हुने भएका छन । निर्वाचन आयोगका अनुसार ४५ जिल्लामा निर्वाचनका लागि १ करोड २२ लाख मतदाता रहेका छन ।

दोस्रो चरणको निर्वाचनका लागि आवश्यक परिमाणमा मतपत्र, मतपेटिका, स्वस्तिक छाप लगायतका मतदान केन्द्रमा प्रयोग हुने ४७ प्रकारका सामाग्री ती जिल्लामा पठाइसकिएको र कागज, खाम, डोरी लगायत १७ प्रकारका सामाग्री स्थानीयस्तरमै खरिद गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

आयोगले मतदान केन्द्रित तयारी भइसकेको बताउँदै मतदानका लागि आवश्यक सम्पूर्ण सामाग्री जिल्लामा पुगिसकेको जनाएको छ । जिल्लास्तरमा मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी लगायतले जनशक्ति, सामाग्री र सुरक्षाको व्यवस्थापन मिलाउने कार्य पनि भैरहेको आयोगले स्पष्ट पारेको छ ।

मंसिर २१ गतेको चुनावपछि मात्रै एकैचोटी दुवै चरणमा भएका मतदानको मतगणना गरिनेछ । जसका कारण दोस्रो चरणको चुनावसम्म मतपेटिकाहरु सुरक्षित रुपमा राख्नु नै निर्वाचन आयोगका लागि ठूलो चुनौती रहेको देखिन्छ ।

निर्वाचन आयोगले दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा खासगरी भारतसँगको सीमाक्षेत्रमा सुरक्षा चुनौती रहेको बताउँदै त्यसबारे दुवै देशका सुरक्षा निकाय गृहकार्यमा जुटेको बताएको छ । पहिलो चरणमा भौगोलिक विकटता र मौसमी प्रतिकूलताको चुनौती बेहोरेको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed