Breaking News.... EverestOnlineKhabar
August 15, 2026

एशियाली विकास बैंक (एडीबी) ले क्षेत्रीय शहरी विकास परियोजना कार्यान्वयन गर्न १५ अर्ब ४० करोड ऋण दिने

Loading

काठमाडौं । एशियाली विकास बैंकले क्षेत्रीय शहरी विकास परियोजना कार्यान्वयन गर्न १५ अर्ब ४० करोड ऋण सहायता प्रदान गर्ने भएको छ । अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा ऋण सहयोगसम्बन्धी सम्झौतामा अर्थ सचिव शंकरप्रसाद अधिकारी र उक्त बैंकका देशीय निर्देशक मोख्तर खामुदखानोभले हस्ताक्षर गरेका छन् ।

आगामी पाँच बर्षभित्रमा वीरगञ्ज, विराटनगर, सिद्धार्थनगर, नेपालगञ्ज, भीमदत्तनगर, धनगढी, गोदावरी र शुक्लाफाँटा नगरपालिकाको शहरी पूर्वाधार निर्माण तथा शहरी सेवा प्रवाहलाई प्रभावकारी तुल्याउन उक्त ऋण खर्च गरिनेछ ।

परियोजनाअन्तर्गत ती आठ नगरपालिकामा २०० किमीभन्दा बढी ढल निकास, २४० किमी सडक सुधार, ४० किमी पैदलयात्री मार्ग निर्माण तथा चार स्थानमा व्यवस्थित ढंगले फोहर व्यवस्थापन गर्ने स्थल निर्माण गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed