Breaking News.... EverestOnlineKhabar
June 26, 2026

जिम्बावेमा नयाँ राष्ट्रपतिको शपथ आज, मुगावे पनि सहभागी हुने

Loading

एजेन्सी,मंसिर ।
जिम्बावेका पूर्व उपराष्ट्रपति एमर्सन मनाङ्गावालाई आज राष्ट्रपतिको शपथ गराईदैछ । राजधानी हरारेस्थित रंगशालामा ६० हजार समर्थकमाझ आयोजना हुने एक भव्य समारोहमा त्यहाँका सभामुखले ७१ वर्षीय मनाङ्गावालाई नयाँ राष्ट्रपतिको शपथ दिलाउनेछन् ।
यसले जिम्बावेमा दशक लामो शक्ति संघर्ष अन्त्य भई नयाँ प्रजातान्त्रिक मूल्य मान्यतामा आधारित शासन पद्दतिलाई संस्थागत गर्ने आशा गरिएको छ । सत्तारुढ जानु पीएफ पार्टीले मनाङ्गावा अर्को वर्षको सेप्टेम्बरमा हुने चुनावसम्मका लागि राष्ट्रपतिको रुपमा काम गर्ने गरी निर्णय गरेपछि उनी राष्ट्रपति बन्न लागेका हुन् ।
सपथ कार्यक्रममा निवर्तमान राष्ट्रपति रोबर्ट मुगाबे पनि सहभागी हुने सरकारी टेलिभिजनले जनाएको छ । निवर्तमान राष्ट्रपति मुगाबेले राजीनामा दिएपछि सत्तारुढ दलले मुगाबेको बाँकी कार्यकाल मनाङ्गावालाई सुम्पने निर्णय गरेको हो ।
यसअघि मुगाबेले मनाङ्गावालाई उपराष्ट्रपतिबाट बर्खास्त गरेका थिए । जिम्बावेमा मुगाबेको ३७ वर्ष लामो शाशनको अन्त्य भएपछि नयाँ युगको सुरुवात भएको भन्दै हजारौं नागरिक सडकमा उत्रिएर खुशीयाली मनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.