Breaking News.... EverestOnlineKhabar
June 25, 2026

मोरक्कोमा भागदौड मच्चिंदा कम्तिमा १५ जनाको मृत्यु, ४० बढी घाईते

Loading

एजेन्सी,४ मंसिर ।
मोरक्कोमा राहतमा आएको खाद्यान्न सामग्री वितरण भइरहेको ठाउँमा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ ।
घटनामा ४० जना भन्दा बढी घाइते भएका छन् । एसुएरा प्रान्तको सिदी बोउलालम शहरमा घटना भएको हो । स्थानीय निजी सहयोगी संस्थाले राहत सामग्री बाँडिरहेका बेला भागदौड मच्चिएको हो ।
ज्यान गुमाउने तथा घाइते हुनेमा धेरैजसो महिला र बृद्धबृद्धा रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भागदौड मच्चिनुको कारण भने खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed