Breaking News.... EverestOnlineKhabar
June 25, 2026

लगातार जित निकाल्दै गरेको भ्यालेन्सिया बार्सिलोना र रियल मड्रिडको लागि चुनौती बन्दै

Loading

एजेन्सी,४ मंसिर ।
स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा जित निकाल्दै भ्यालेन्सियाले शीर्ष स्थानको बार्सिलोनामाथि दबाब कायम राखेको छ । अवे मैदानमा भएको खेलमा भ्यालेन्सियाले स्पानियोललाई २–० ले हराउँदै शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी चारमा झारेको हो । क्लबको इतिहासमा लिगमा लगातार आठौं जित निकाल्ने क्रममा भ्यालेन्सियाका लागि ६७ औं मिनेटमा कोन्डोग्बिया र ८३ औं मिनेटमा मिना लोरेन्जोले गोल गरे ।
जितपछि दोस्रो स्थानको भ्यालेन्सियाको १२ खेलबाट ३० अंक भएको छ । उ शीर्ष स्थानको बार्सिलोना भन्दा चार अंकले पछि छ भने तेस्रो स्थानको साबिक विजेता रियल मड्रिड भन्दा ६ अंकले अघि रहेको छ । पछिल्लो पटक सन् २००४ मा ला लिगाको उपाधि जितेको भ्यालेन्सियाले आउँदो आइतबार लिग लिडर बार्सिलोनासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed