![]()
एजेन्सी । एसीसी यु–१९ एसिया कपको उपाधि अफगानिस्तानले जितेको छ । फाइनलमा पाकिस्तानलाई १८५ रनको भारी अन्तरले पराजित गर्दै अफगानिस्तानले उपाधि उचालेको हो ।
किनरारा ओभलमा २४९ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले २२.१ ओभरमा अलआउट हँुदै ६३ रनमात्रै बनाउन सकेपछि अफगानिस्तानले उपाधि जितेको हो । अफगानिस्तानलाई जित दिलाउनका लागि मुजिब उर रहमानले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए । उनले सेमिफाइनलमा नेपालविरुद्ध पनि ६ विकेट लिएका थिए ।
पाकिस्तानका मोहम्मद थाहाले १९ रन बनाउन बाहेक अन्य खेलाडी सस्तैमा आउट भए । यसअघि पहिले टस हारेर ब्याटिङ गरेको अफगानिस्तानले उत्कृष्ट ब्याटिङ गर्दै ५० ओभरमा ७ विकेटको क्षतिमा २४८ रन बनाएको थियो । अफगानिस्तानका लागि इक्रम अलि खिलले नटआउट शतकीय पारी खेले । उनले ११३ बललमा १० चौका र २ छक्काको मद्दतमा १०७ रन बनाए ।


