Breaking News.... EverestOnlineKhabar
June 24, 2026

जिम्बाबेः मुगाबे युग अन्त्यको खुशीयाली

Loading

बिबिसि । जिम्बाब्वेमा राष्ट्रपति रोबर्ट मुगाबेको राजीनामाको माग गर्दै हजारौं मानिसले प्रदर्शन गरेका छन् । सत्तामाथि मुगाबेको पकड अन्त्य गर्न सेनाले निर्वाह गरेको भूमिकाको उनीहरुले प्रशंसा गरेका छन् ।

प्रदर्शनकारीहरुले सैनिकहरुलाई अँगालो हालेको र उनीहरुको जयकार गरेको दृश्य देखिएका छन् । एक जना प्रदर्शनकारीले भने, “यो दिन नयाँ शुरुवातसँग सम्बन्धित छ“।

उक्र्त यालीलाई सेना र सत्तारुढ जानु पी एफ पार्टीका सदस्यहरुले समर्थन गरेका छन् । गत वर्षसम्म मुगाबेप्रति बफादार रहेका स्वतन्त्रता संग्रामका योद्धाहरुले पनि अहिले उनले सत्ता छाड्नुपर्ने धारणा राखेका छन् ।

९३ वर्षे मुगाबे बुधबार सेनाले शासनसत्ता हातमा लिएयता आफ्नै घरमा नजरबन्दमा छन् । तर त्यसयता शुक्रवार पहिलोपटक उनी सार्वजनिक कार्यक्रममा देखिएका थिए । आफू कुलपति रहेको विश्वविद्यालयको दीक्षान्त समारोहलाई उनले सम्बोधन गरेका थिए । उनकी पत्नी ग्रेस मुगाबे भने त्यहाँ उपस्थित थिइनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed