Breaking News.... EverestOnlineKhabar
June 25, 2026

बंगलादेशलाई २ रनले हराउँदै पाकिस्तान यू १९ एशिया कपको फाइनलमा, शुक्रवार फाइनल प्रवेशका लागि नेपाल र अफगानिस्तान भिडदै

Loading

एजेन्सी । पाकिस्तान मलेसियामा भइरहेको एसीसी यू १९ एसिया कपको फाइनलमा प्रवेश गरेको छ । समूह चरणमा अपराजित रहेको बंगलादेशलाई डर्क वर्थ लुइस (डिएल) मेथडको आधारमा २ रनले पराजित गर्दै पाकिस्तान फाइनलमा पुगेको हो ।

२७५ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिहरेको पाकिस्तानले ३९ ओभरमा ५ विकेट गुमाएर १९९ रन बनाउँदा वर्षाले खेल प्रभावित भएपछि पाकिस्तानलाई डिएल मेथडको आधरमा विजेता घोषणा गरिएको हो ।

पाकिस्तानले अब नेपाल र अफगानिस्तानबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ । टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले पिनाक घोषको ८२ रन मद्दतमा ६ विकेट गुमाएर २७४ रन बनाएको थियो । यस्तै अफिफ होसनेले नटआउट ५२ रन बनाएका थिए । पाकिस्तानका लागि मुनिर रियाजले ३ विकेट लिए ।

२७५ रनको लक्ष्य पछ्याएको पाकिस्तानले कमजोर शुरुवात गरेपनि मुहम्मद तहाले ९२ रन बनाएपछि गतिलो जवाफ फर्काएको थियो । पाकिस्तानले ५१ रन बनाउदा ३ विकेट गुमाइसकेको थियो । तर चौथो विकेटका लागि तहाले रोहल नजिरसँग ६९ तथा पाँचौ विकेटका लागि साद खानसँग ७७ रनको साझेदारी गरेका थिए । नजिरले २६ रन बनाए भने साद खानले ३५ रनमा नटआउट रहे ।

दोस्रो सेमिफाइनल खेलमा शुक्रवार नेपाल र अफगानिस्तान भिडदैछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed