![]()
एजेन्सी,३० कार्तिक ।
युरोपेली मुलुक ग्रिसमा आएको बाढीमा परी कम्तिमा १५ जनाको मृत्यु भएको छ । मध्य ग्रिसको औद्योगिक शहरहरु मान्ड्रा, निया पेरामोस र नेगारा बढी प्रभावित भएका छन् ।
रातभरी परेको भारी वर्षाले बाढी आउँदा कम्तिमा १५ जनाले ज्यान गुमाएको अधिकारीहरुले बताएका छन् । मृतकमा अधिकांश जेष्ठ नागरिक रहेको र उनीहरुको शब घरभित्रै भेटिएको जनाइएको छ ।
बाढीमा परी घाईते भएका ३७ जनालाई अस्पताल भर्ना गरिएको छ । केही मानिसहरु अझै पनि हराईरहेका छन् । बाढीले बगाएर ल्याएको रातो माटोले ठाउँठाउँमा सडक अबरुद्ध पारेको छ । बाढी प्रभावित क्षेत्रमा उद्दारकर्मी परिचालन गरिएको छ ।


