Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

काठमाडौ,३० कार्तिक ।
राष्ट्रपति विद्यादेवी भण्डारी खाडी मुलुक संयुक्त अरब इमिरेट्स (यूएई) को औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कदैँ हुनुहुन्छ । युएईका युवराज तथा सशस्त्र बलका नायव सर्वोच्च कमाण्डर शेख महम्मद बिन जाहेद अल नेह्म्यानको निमन्त्रणामा राष्ट्रपति भण्डारी गत सोमबार अवुधावी प्रस्थान गर्नुभएको थियो ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले युवराज नेह्ुम्यानका साथै उप–राष्ट्रप्रमुख तथा प्रधानमन्त्री शेख महम्मद बिन रसिद अल मोक्तुम लगायतसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।
राष्ट्रपति भण्डारीले नेपाल र यूएईबीचको आपसी हित तथा पूर्वाधार एवं पर्यटन प्रवद्र्धनका क्षेत्रमा दुई मुलुकबीच स्थापित संयन्त्रलाई थप सक्रिय तथा प्रभावकारी बनाउने विषयमा छलफल गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यस्तै अदालतबाट मृत्युदण्डको सजाय पाएका तथा १४ वर्षसम्म कारागारमा रहेका अमरबहादुर बमको सजाय माफी तथा निजको रिहाइका लागि समेत राष्ट्रपति भण्डारीले त्यहाँका उप–राष्ट्रप्रमुख तथा प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
एक मन्त्री, तीन सचिव, सल्लाहकार, छोरी र सहयोगी लगायत २० भन्दा बढी सदस्यीय टोलीका साथ राष्ट्रपति भण्डारी अबुधावी प्रस्थान गर्नुभएको थियो । राष्ट्रपति भण्डारी आज दिउँसो साढे ३ बजे काठमाण्डौं आइपुग्नुहुने राष्ट्रपति कार्यलयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed