Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

काठमाडौं । नेकपा (एमाले)ले बामपन्थी गठवन्धनका उम्मेदरवारमाथि छानीछानी आक्रमण भैरहेको भन्दै तत्काल सुरक्षा प्रदान गर्न सरकारसंग माग गरेको छ ।

एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीले बिज्ञप्ती जारी गर्दै उम्मेदवारहरुमाथि आक्रमण र धम्कीको शृङ्खला नरोकिएको जनाएको छ । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रचारमा रहेका वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारमाथि सांघातिक आक्रमण र धम्कीका घटना बढ्दा पनि सरकार मौन बसेको आरोप लगाइएको छ ।

एमालेले सरकारबाट संरक्षित र उक्साहटमा विभिन्न घटनाहरू भइरहेको समेत आरोप लगाएको छ । ‘वामपक्षीय गठबन्धन बनेपछि मुलुकभर जनतामा छाएको उत्साहबाट आतंकित बनेर सरकार र नेपाली कांग्रेसले अराजनीतिक काम गरिरहेको सूचनाहरू पाइएको छ, हाम्रो पार्टीका स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलमाथि सुरक्षा थ्रेट रहेको प्रहरी प्रशासनले नै जानकारी दिइसकेको अवस्थामा सरकारले उहाँलाई अंगरक्षक उपलब्ध गराउन आनाकानी गरिरहेको छ’ विज्ञप्तिमा भनिएको छ ।

चुनावी अभियानमा अवरोध र्पुयाउन भएको आक्रमणको जिम्मेवारी अमुक पार्टीलाई लिन लगाउँदै सरकार रमिते बनेर बस्नुले कतै सरकार आफैँ घटनाको योजनाकार त होइन भन्ने गम्भीर प्रश्न उब्जिएको एमालेले जनाएको छ ।

सरकार निर्वाचन सम्पन्न गराउने काममा केन्द्रित हुन छाडेर आचारसंहिता उल्लंघन गर्ने, कर्मचारीमा सरुवा आतंक मच्चाउने र बिप्लव समूहको नाममा बाम गठबन्धनका उम्मेदवारमाथि भौतिक आक्रमणसमेत गराउन उद्दत हुन थालेको बिज्ञप्तीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed