Breaking News.... EverestOnlineKhabar
September 30, 2026

एसिया कप छनौट फुटबलः नेपाल र फिलिपिन्सबीचको खेल आज

Loading

काठमाडौ,२८ कार्तिक ।
एसिया कप फुटबलको छनौटमा नेपालले आफ्नो पाँचौँ खेल फिलिपिन्ससँग खेल्दै छ । खेल मंगलबार दिउँसो २ बजे एन्फा कम्लेक्स सातदोबाटोमा हुनेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले विगतका कमजोरीलाई सुधार गर्दै प्रतियोगितामा जित हाँसिल गर्ने लक्ष्य लिएको बताएका छन् ।
उनले प्रशिक्षणको क्रममा केही खेलाडी चोटग्रस्त भएकाले उनीहरुको अनुपस्थितिमा खेल रणनीति केही परिवर्तन गर्ने पनि बताएका छन् ।
यसअघि गएको चैतमा भएको अवे खेलमा नेपाल फिलिपिन्ससँग उसकै मैदानमा ४–१ ले पराजित भएको थियो । छनौट चरणमा एक खेल पनि जित्न नसकेको नेपाल छनौट चरणबाट गणितीय हिसाबबाट बाहिरिइसकेको छ । नेपालको एक अंक मात्र छ ।
यसअघि चार खेलेको फिलिपिन्स आठ अंकका साथ शीर्ष स्थानमा छ भने समान खेल खेलेको यमन ६ अंकसहित दोस्रो स्थानमा छ । त्यसैगरी ६ अंक नै जोडेको ताजिकिस्तान गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ ।
यसैबिच नेपाली टोलीका कप्तान अनिल गुरुङले मंगलबारको खेल पछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिँदैछन् । १० वर्षअघि राष्ट्रिय टोलीमा डेब्यु गरेका अनिलले अन्तर्राष्ट्रिय खेलमा ९ गोल गरेका छन् ।
मंगलबार खेल अनिलको ५० औँ अन्तर्राष्ट्रिय खेल हुनेछ । भारतको सिक्किम लाजोङ क्लबमा ६३ लाख रुपैयाँमा अनुबन्ध भएका उनी सबैभन्दा महँगो मुल्यमा विदेशी क्लबमा अनुबन्ध हुने नेपाली खेलाडी पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed