Breaking News.... EverestOnlineKhabar
October 1, 2026

बालाजुमा बोलेरोको ठक्करबाट साइकलयात्रीको मृत्यु

Loading

काठमाडौ,२८ कार्तिक ।
राजधानीको बालाजुस्थित गंगाहल अगाडी गएराति भएको दुर्घटनामा एक साइकलयात्रीको मृत्यु भएको छ । नम्बर नखुलेको सेतो रङको बोलेरो जिपको ठक्करबाट घाइते साइकल यात्रीको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मंगलबार बिहान निधन भएको हो ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार नुवाकोट, बिदुर–६ घर भई गोंगबु बस्ने शेखर प्याकुरेलको मृत्यु भएको हो । साइकलमा पछाडि सवार मन्दिप परियार भने सामान्य घाइते भएका छन् । सीसीटीभी फुटेजका आधारमा दुर्घटनामा संलग्न सवारी साधन र चालकको पहिचान गर्ने काम भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed