Breaking News.... EverestOnlineKhabar
August 14, 2026

प्रहरीको निशानामा बिप्लवका कार्यकर्ता, कास्कीमा १२ र ताप्लेजुङमा ८ जना पक्राउ

Loading

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवारमाथि देशका विभिन्न स्थानमा आक्रमण हुन थालेपछि प्रहरीले नेत्रबिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको माओवादीलाई निशाना बनाएको छ । बिप्लवका कार्यकर्ताले नै आक्रमण गरेको ठहरसहित प्रहरी आक्रामक रुपमा अघि बढेको हो ।

आफना कार्यकर्ता पक्राउ गरेको बिरोधमा बिप्लव समूहले सोमबार रोल्पा बन्द गरेकै दिन कास्की र ताप्लेजुङमा गरी २० जना पक्राउ गरिएको छ । प्रहरीले कास्कीबाट १२ र ताप्लेजुङबाट ८ जना पक्राउ गरेको हो । यसअघि प्रहरीले रोल्पाबाट ३ जनालाई पक्राउ गरेको थियो ।
निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न उच्छृंखल गतिविधिमा संलग्न हुनसक्ने अन्यको पनि खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले नेपाल कम्युनिष्ट पार्टीका मेची अञ्चल ब्यूरो सदस्य सकल लिम्बू, जिल्ला सचिवालय सदस्य राजु दास, जिल्ला सदस्य तथा विद्यार्थी अध्यक्ष गणेश कार्की ढोलीलाई पक्राउ गरेको जनाएको छ । यसैगरी, जिल्ला सदस्य ध्रुव मादेन, जिल्ला जनपरिषद उपप्रमुख राकेश दाहाल, जनस्वयंसेवकका जिल्ला कोषाध्यक्ष पूर्ण थलङ, जिल्ला सदस्य प्रेमलाल चौहान र पेम्बा शेर्पा पनि पक्राउ परेका छन ।

केही दिनअघिमात्र विराटनगरबाट सो पार्टीका मेची अञ्चल इन्चार्ज सन्तोष पतंवालाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed