Breaking News.... EverestOnlineKhabar
August 14, 2026

यस्तो छ मंगलवार फिलिपिन्सबिरुद्ध खेल्ने नेपाली फुटबल टोली

Loading

काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत मंगलबार फिलिपिन्ससँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अनिल गुरुङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

नेपाल र फिलिपिन्सबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा खेल हुनेछ । फिलिपिन्सको राजधानी मनिलामा भएको पहिलो लिग खेलमा नेपाल ४–१ ले पराजित भएको थियो ।

फिलिपिन्ससँगको खेलका लागि नेपाली टोलीमा मिडफिल्डर जगजीत श्रेष्ठ र स्ट्राइकर अनिल गुरुङले पुनरागमन गरेका छन् । अनिलले मंगलवारको खेलसंगै सन्यास लिनेछन ।

छनोटको समूह एफमा रहेको नेपाल ४ खेलबाट १ खेलमा बराबरी र तीन खेलमा पराजित हुँदै १ अंकसहित तालिकामा पुछारमा रहेको छ । फिलिपिन्स समूहको शीर्ष स्थानमा रहेको छ ।

फिलिपिन्सपछि नेपालले यमनसँग अवे खेल खेल्न बाँकी छ । समूहको विजेता र उपविजेताले सन् २०१९ मा युएईमा हुने एएफसी एसियन कपमा भाग लिन पाउनेछन् ।

नेपाली टोली

किरण लिम्बु
विकेश कुथु
विशाल श्रेष्ठ
विराज महर्जन
अनन्त तामाङ
रोहित चन्द
कमल श्रेष्ठ
दिनेश राजवंशी
जितेन्द्र कार्की
राजेन्द्र रावल
सुजल श्रेष्ठ
विशाल राई
विक्रम तामाङ
जगजीत श्रेष्ठ
सुनिल बल
अन्जन बिष्ट
हेमन गुरुङ्ग
हेमन्त थापा मगर
अनिल गुरुङ्ग
विमल घर्तिमगर
जर्ज प्रिन्स कार्की
नवयुग श्रेष्ठ
भरत खवास

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed