Breaking News.... EverestOnlineKhabar
September 30, 2026

नेपाली कांग्रेसले ३२ जनालाई चुनावी कमाण्डरका रुपमा खटायो जिल्लामा…

Loading

काठमाडौ,२७ कार्तिक ।
नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणको निर्वाचनमा ३२ केन्द्रीय प्रतिनिधि खटाएको छ।केन्द्रीय निर्वाचन परिचालन समितिले ३२ जिल्लामा एक–एक जना प्रतिनिधि खटाउने निर्णय गरेको कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
कांग्रेसले सोलुखुम्बुमा खिलानाथ दाहाल, संखुवासभामा धना खतिवडा,भोजपुर तारामान गुरुङ, ओखलढुंगा मृदुला कोइराला, ताप्लेजुङ केशवकुमार वुढाथोकी, पाँचथर वेनुपराज प्रसाई,खोटाङ रमा पौडेल, र नुवाकोटमा वासुदेव घिमिरेलाई खटाएको छ।
त्यस्तै, रसुवा बहादुर सिंह लामा,धादिङ रामेश्वर उपाध्याय,सिन्धुपाल्चोक मिन विश्वकर्मा, दोलखा पुष्पा भुषाल, रामेछाप शोभाकर पराजुली, मुस्ताङ शोभियतबहादुर अधिकारी, म्याग्दी तिलक रानाभाट, बाग्लुङ कुमार खड्का,मनाङ हिमलाल घिमिरे, लम्जुङ धनबहादुर मास्की राना, गोरखा भेषराज दुवाडी, रूकुम (पूर्वी भाग)कृष्ण कार्की, रोल्पा पार्वता डि.सी. चौधरी, रूकुम (पश्चिम भाग) गेहेन्द्र गिरी, जाजरकोट गोविन्द मल्ल, हुम्ला प्रमोद अर्याल, मुगु डिल्लीराज तिवारी, जुम्ला सरस्वती शाह, कालिकोट आशा वि.क, डोल्पा विद्या खनाल, दार्चुला नरेन्द्र सिंह भण्डारी, बझाङ शंकरप्रसाद पाण्डे, बाजुरा अरुणप्रकाश सिंह राठौर, बैतडी दिलेन्द्रप्रसाद बडूलाई खटाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed