Breaking News.... EverestOnlineKhabar
October 2, 2026

काठमाडौं १ मा प्रदेश (क) का उम्मेदवार दिपेन्द्र श्रेष्ठको बढ्दो क्रेज

Loading

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशशभा निर्वाचनका लागि देशभर प्रचार अभियान तीव्र भएपनि सबैको ध्यान भने काठमाडौं क्षेत्र नम्बर १ मा केन्द्रीत छ । प्रतिनिधिशभा र प्रदेशशभाका उम्मेदवारहरुको व्यक्तित्व र रोचक प्रतिष्पर्धाका कारण यो क्षेत्रमा सबैको चासो बढेको हो ।

प्रतिनिधिशभा निर्वाचनका लागि कांग्रेसका प्रकाशमान सिंह, बामगठवन्धनका अनिल शर्मा र विवेकशील साझा पार्टीकातर्फबाट रविन्द्र मिश्र रहेका छन । तीनै जनाबीच रोचक चुनावी प्रचार अभियान चलिरहेकाबेला यो क्षेत्रमा बिगतदेखि नै समाजसेवा र विकास गतिविधिमार्फत लोकप्रिय रहेका युवा नेता दिपेन्द्र श्रेष्ठको क्रेज पनि ह्वात्तै बढेको छ । श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर १ मा प्रदेश (क) बाट उम्मेदवार रहेका छन ।

नेपाल बिद्यार्थी संघको पूर्व सहमहामन्त्री रहेका श्रेष्ठ प्रचार अभियानकाक्रममा जहाँ पुग्छन उनको त्यहीं भव्य स्वागत हुने गरेको छ । युवादेखि प्रौढसम्म सबैले उनको बिजयको कामना गरेको प्रष्टै देखिन्छ । यो सबैको एउटै कारण उनले यो क्षेत्रमा पुर्याएको योगदान र समाजसेवा नै हो । नेपाली कांग्रेसका नेता एवम यो क्षेत्रका उम्मेदवार प्रकाशमान सिंह पनि श्रेष्ठको कामबाट प्रसन्न हुनुहुन्छ ।

  

बानेश्वर थापागाउँका २१ बर्षीय रविन्द्र थापा भन्छन,– ‘ श्रेष्ठ दाजु एकदम राम्रो हुनुहुन्छ । उहाँले गरीब, निमुखा, सुकुम्बासी, असहाय परिवारका बालबालिकालाई ठूलो सहयोग गर्नुभएको छ । उनीहरुलाई आफनै खर्चमा पढाउनेदेखि लिएर औषधी उपचार लगायत सबै किसिमका दुःखसुखमा साथ दिनुभएको छ । ’

बिजुलीबजारमा चियापसल संचालन गरिरहेकी आरती भट्टराई भन्छिन, ‘ श्रेष्ठ भाई मेरो पसलमा पनि चिया खान आउनु हुन्छ । उहाँले यो क्षेत्रको सडक, खानेपानी तथा शिक्षामा धेरै काम गर्नुभएको छ । उहाँले जित्नु पर्छ, म त भोट दिन्छु । ’

उम्मेदवार श्रेष्ठ पनि आफनो क्षेत्रको विकाससंगै मुलुककै राजनीतिमा योगदान दिन अघि बढेको बताउँछन । उनी भन्छन,–‘अबको निकास भनेको देशमा आर्थिक क्रान्तिको हो, कृषि देखि पुराना नयाँ उद्योगहरुको निर्माणका साथै स्वरोजगारमा राष्ट्रको लगानी बढाउनु हो । स्वदेशमा रोजगारीका अवसर सृजना गरी युवाहरुको बिदेश पलायन रोक्नु छ ।’

‘मतदाताले गफाडीलाई भन्दानी बिकास प्रेमीलाई भोट दिनुपर्छ । गफ त सबैले गर्छन्, काम कांग्रेसको नेतृत्वमा हुन्छ । नेपाली कांग्रेसको चुनाब चिन्ह रुखमा मतदान गरी प्रतिनिधिशभातर्फ प्रकाशमान सिंह र प्रदेशमा (क)मा दिपेन्द्र श्रेष्ठ तथा (ख)मा युवा नेता सुरज चन्द्र लामीछानेलाई जिताउन अपील गर्दछु ।’ श्रेष्ठ भन्छन ।

युवा नेता श्रेष्ठ आफनो क्षेत्रमा मात्र नभई पार्टी भित्र पनि सालिन, जुझारु, मिसन र भिजनका साथै दृढ संकल्प, उच्च मनोबल र विकासप्रेमी नेताका रुपमा परिचित हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed