Breaking News.... EverestOnlineKhabar
June 25, 2026

चर्चित मिडफिल्डर इटालीका आन्द्रेया पिर्लोले लिए फुटबलबाट सन्यास

Loading

एजेन्सी,२१ कार्तिक ।
इटालीका पूर्व मिडफिल्डर आन्द्रेया पिर्लोले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय फुटबलबाट यसअघि नै सन्यास लिएका पिरलोले क्लब फुटबलबाट पनि सन्यासको घोषणा गरेका हुन् ।
३८ वर्षका पिर्लोले न्युयोर्क सिटीका लागि अन्तिम खेल खेलका छन् । इटालीबाट एक सय १६ खेल खेलेका पिरलोले सन् २००६ मा राष्ट्रिय टिमलाई विश्वकप फुटबलको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । पिर्लोले इन्टर मिलान, एसी मिलान र युभेन्टसबाट खेलेका छन् ।
उनी दुई वर्षअघि मेजर लिग सकर ब्लब न्युयोर्क सिटी गएका हुन् । पिर्लोले ट्वीटर मार्फत सन्यासको घोषणा गर्दै आफूले खेलेका सबै क्लबबाट खेल्न पाउनु सम्मानको कुरा रहेको बताएका छन् ।
पूर्व क्लब युभेन्टसले उनलाई साँचो प्रतिभा रहेको बताएको छ । पिरलोले खेल जीवनमा ६ पटक सिरी ए उपाधि, दुईवटा कोपा इटालियाको उपाधि, दुई पटक च्याम्पियन्स लिग र एक पटक विश्वकप फुटबलको उपाधि जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed