Breaking News.... EverestOnlineKhabar
June 27, 2026

पूर्वप्रधानमन्त्री खनालद्वारा इलाम १ बाट उम्मेदवारी दर्ता, मुलुक बामपन्थी शक्तिले बनाउने उद्घोष

Loading

इलाम । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले इलाम निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेद्वारी दर्ता गराउनु भएको छ । मंसिर २१ गते हुन लागेको दोस्रो चरणको प्रतिनिधिशभा निर्वाचनका लागि पूर्वप्रधानमन्त्री खनालले बामगठवन्धनको साझा उम्मेदवारका रुपमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।

नेता खनालसंगै पूर्वसभामुख सुवास नेम्वाङले पनि इलाम निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराउनुभयो । उम्मेदवारी दर्ता गराउन नेता खनाल र नेम्वाङ सयौंको संख्यामा पार्टीका नेता, कार्यकर्ता र समर्थकको साथमा दर्तास्थल पुग्नु भएको थियो ।

उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिंदै नेता खनालले इलाम क्षेत्र नम्बर १ आफनो जन्मस्थल मात्र नभइ यहाँका जनतासंग माटो र भावनाको सम्बन्ध भएकाले आफनो जित सुनिश्चित रहेको बताउनुभयो । उहाँले आफूले राजनीति गरेदेखि नै इलामको विकास र जनताका समस्या मात्र नभइ समग्र मुलुककै हीतमा काम गरेकाले त्यसको उचित मुल्याङ्कन हुने बिश्वास व्यक्त गर्नुभयो ।

खनालले भन्नुभयो “राष्ट्रियताको रक्षा गर्न, तिव्रताका साथ पुर्वाधार बिकास गर्न, बिदेशिएका लाखौं युवालाई स्वदेशमै रोजगारीको सिर्जना गर्न र राष्ट्रलाई आर्थिक सम्बृद्धिको बाटोमा उन्मुख गर्न स्थिर बामपन्थी सरकारको आबश्यकता छ । ”

“७० प्रतिशत बामपन्थी मतदाता रहेको देशमा बामपन्थी शक्तिको एकता हुन नसक्दा सधै अन्य शक्तिले राष्ट्रलाई अस्थिर बनाए । राष्ट्रियता कमजोर भयो । अब निकट भबिष्यमै नेकपा एमाले र नेकपा माओबादी केन्द्रको पार्टी एकता भई एउटा सशक्त ‘नेपाल कम्यूनिष्ट पार्टी’ बन्दछ, त्यस पार्टीले नै सबै समस्याको समाधान गर्दै राष्ट्रलाई सम्बृद्ध बनाउछ” खनालले भन्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.