![]()
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा ५ बाट प्रतिनिधिसभाका लागि उमेदवारी दर्ता गराउनु भएको छ ।
उम्मेदवारी दर्ताका लागि बिहीबार काठमाडौंबाट झापा पुग्नु भएका ओलीले दिउँसो २ बजे उम्मेदवारी दर्ताको समय समय लिनुभएको थियो । उहाँले एमाले–माओवादीको संयुक्त गठबन्धनबाट उमेदवारी दिनुभएको हो ।
अध्यक्ष ओलीविरुद्ध नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले उम्मेदवारी दिनुभएको छ ।


