Breaking News.... EverestOnlineKhabar
August 17, 2026

Loading

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आउँदो प्रतिनिधिशभा निर्वाचनमा आफू चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट बिजयी हुने बिश्वास व्यक्त गर्नुभएको छ ।

चुनावी अभियानकाक्रममा चितवन पुग्नु भएका अध्यक्ष प्रचण्डले चितवनको विकास र संमृद्दीमा आफूले उल्लेख्य भूमिका खेलेको र निरन्तर खेलिरहने प्रतिबद्धता जनाउँदै आगामी निर्वाचनमा आफूलाई बिजय गराउन सबैलाई आग्रह गर्नुभयो । आफू चितवनकै बासिन्दा भएकाले यहाँको विकास र समृद्धिमा सदैव लागिरहेको प्रतिबद्धता उहाँले जनाउनुभयो ।

अध्यक्ष प्रचण्डले बाँदरमुडे घटनाका बारेमा जवाफ दिँदै सो घटना एक दःखद घटना भएको र पार्टीको तर्फबाट पीडित र राष्ट्रसामु पटक पटक माफी मागिसकेको उल्लेख गर्नुभयो । उहाँले माडीलाइ पार्टीले बिशेष महत्वकारूपमा लिएको जानकारीसमेत दिनुभयो ।

बामपन्थी गठबन्धन केबल चुनाबका लागि मात्रै नभएर नेपालमा एउटै कम्यूनिस्टकेन्द्र स्थापना गर्ने उद्देश्यका साथ अगाडि बढेको उहाँले बताउनुभयो । नेकपा माओवादी केन्द्र नेकपा एमालेबीच पार्टी एकताप्रति कोही कसैले संका उपशंका गर्नु नहुने उहाँले स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.