Breaking News.... EverestOnlineKhabar
June 27, 2026

ओली र दाहालसहित संयोजन समितिले दुवै पार्टीका केन्द्रीय बैठकलाई सम्बोधन गर्ने

Loading

काठमाडौ,१२ कार्तिक ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्ने भएका छन् । दुवै पार्टीका अध्यक्षले तल्लो कमिटीलाई जारी गरेको सातबुँदे निर्देशनमा एकअर्काका केन्द्रीय कमिटीलाई दुवै अध्यक्षसहित संयोजन समितिका सदस्यले सम्बोधन गर्ने उल्लेख छ।
संयोजन समितिका एक सदस्यले भनेः‘ केन्द्रीय संयोजक समितिका पदाधिकारी तथा सदस्य कमरेडले दुवै पार्टीका केन्द्रीय तहका बैठकमा उपस्थित भएर सम्बोधन गर्नेछन्, त्यसैगरी पार्टी एकता संयोजक समितिका प्रदेश तथा जिल्लास्तरका पदाधिकारी तथा सदस्य कमरेडले दुवै पार्टीका सम्बन्धित तहका बैठकमा सहभागी हुने र सम्बोधन गर्ने छन्।’
सो निर्देशनमा प्रदेश तथा जिल्ला तहसम्म पार्टी एकता संयोजन समिति गठन गर्ने उल्लेख । केन्द्रमा ओली र दाहालका अतिरिक्त एमालेबाट वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल र माओवादीबाट नारायणकाजी श्रेष्ठ, रामबहादुर थापासहितको एकता संयोजक समिति बनाइएको छ।
निर्देशनमा पार्टी एकता र निर्वाचनको विषयमा निर्वाचन क्षेत्रस्तरमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने भनिएको छ । एमाले र माओवादीबीच पार्टी एकता घोषणासहित चुनावी तालमेल भएको छ । दुवै दलले मंसिरमा हुने चुनावमा ४० र ६० प्रतिशतले सिट बाँडफाँट गर्ने सहमति गरेका छन् । त्यसैअनुसार पहिलो चरणका सिट बाँडफाँट भए पनि दोस्रो चरणको बाँडफाँट टुंगिएको छैन । निर्देशनमा कातिक १९ देखि २६ गतेसम्म पहिलो चरणमा चुनाव हुने क्षेत्रमा दुवै दलका अध्यक्षसहितका नेताले संयुक्त रुपमा कार्यक्रम गर्ने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.