![]()
काठमाडौं । कम्युनिष्ट गठबन्धनले सरकारले निर्वाचन सारे संसद पुनस्र्थापित गर्ने चेतावनी दिएको छ । गठवन्धनका नेता एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनैपनि बहानामा निर्वाचन नसार्न सरकारलाई चेतावनी दिएका हुन । उनीहरुले निर्वाचन सारेमा व्यवस्थापिका संसद्को बैठक बोलाउनुपर्ने बताएका छन ।
निर्वाचन प्रक्रियामा व्यवधान गर्न खोजिए संसद् व्यँुतने उनीहरुले प्रष्ट पारे । अध्यक्ष प्रचण्डले भने, ‘संसद स्थगित मात्र भएको हो, भंग भएको होइन । ’
अध्यक्ष प्रचण्डले यदिन कुनै बहानामा निर्वाचन सार्न खोजिए संसद् बोलाएर सरकार परिवर्तन गर्ने चेतावनी पनि दिए ।
पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले मंसिर १० र २१ का लागि मनोनयन समेत भैसकेको अवस्थामा निर्वाचनको मिति सर्ने संवैधानिक, कानुनी, नैतिक कुनै पनि हिसावले सम्भावना नरहेको बताए ।


