![]()
काठमाडौं । तराई मधेशमा धुमधामसंग मनाइने छठ पर्वको अवसरमा बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । शुक्रवार उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठको समापन हुनेछ । पछिल्लो केही वर्षयता छठ नेपालको तराईं–मधेस क्षेत्रमा मात्रै नभएर काठमाडौंसहित अन्य स्थानमा पनि धुमसाथ मनाउन थालिएको छ ।
काठमाडौंमा हरेक वर्ष छठ मनाउनेको संख्या बढ्दो छ । कमलपोखरी, गोदावरीजस्ता जलाशययुक्त स्थानमा यो बर्षको छठमा पनि ठूलो संख्यामा घुँइचो लाग्यो ।
यो वर्ष काठमाडौंमा रानीपोखरी निर्माणाधीन भएकाले श्रद्धालुहरुले त्यहाँ छठ मनाउन पाएनन् । रानीपोखरीको सट्टा काठमाडौको कमलपोखरीमा धुमधामसंग छठ पर्व मनाइयो । कमलपोखरीको छठमा राष्ट्रपति बिद्या भण्डारीपनि सहभागी हुनुभयो । राष्ट्रपति भण्डारीले पनि अस्ताउँदो सूर्यलाई अर्घ दिनुभयो ।


