![]()
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमाले र माओवादी केन्द्रको बाम गठबन्धनमाथि आक्रोश पोख्दै दाम गठबन्धनको संज्ञा दिएका छन ।
रुसमा भएको अक्टोबर क्रान्तिको शत वार्षिकीको अवसरमा काठमाडौं खुलामञ्चमा आमसभा आयोजना गर्दै विप्लवले माओवादी–एमाले गठबन्धन पैसा खान गठन भएको आरोप लगाए ।
महासचिव विप्लवले मुख्य तीन राजनीतिक दल कुनै पनि लोकतन्त्रवादी नभएको जिकीर गरे । उनले नेपाली कांग्रेस विचारविनाको पार्टी भएकाले म्यूजियममा राख्नुपर्ने बेला भएको टिप्पणी गरे । विप्लवले नेकपा एमालेलाई काँतर र मुटु नै नभएको पार्टीको आरोप लगाए । उनले माओवादी केन्द्रलाई ‘नरकट्टो’ को आरोप लगाए ।
नेता विप्लवले मुलुक भ्रष्टाचारले आक्रान्त भएको भन्दै भन्दै भ्रष्टाचारविरुद्ध कालोमोसो लगाउने अभियानले तीव्र पार्दै उनीहरुको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिए ।


