![]()
सप्तरी । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई कसैले रोक्ने प्रयास गर्नु ठूलो अपराध हुने बताएका छन् ।
सप्तरीको राजविराजमा आयोजित निर्वाचनसम्बन्धी अन्तरक्रियामा उनले निर्वाचन तोकिएकै मितिमा हुनेमा ढुक्क हुन आग्रह गरे ।
अरुबेला गरीबलाई गम्छासम्म नदिने दलका नेताहरुले गत स्थानीय तह निर्वाचनकाक्रममा चुनाव चिह्नअंकित नानाथरिका पोसाक वितरण गरेको भन्दै यादवले त्यस्ता कार्य नदोर्हायाउन आग्रह गरे ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले आसन्न निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गराउनका लागि सप्तरी प्रहरी प्रशासन प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा जिल्लाका सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, चारओटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतलगायतको सहभागिता रहेको थियो ।


