Breaking News.... EverestOnlineKhabar
June 24, 2026

मानवीय संकट उत्पन्न हुने भन्दै बन्दीगृह बन्द गर्ने निर्णय फिर्ता लिन अष्ट्रेलियालाई राष्ट्रसंघको आग्रह

Loading

बिबिसि । संयुक्त राष्ट्रसंघको शरणार्थी नियोग यूएनएचसीआरले अष्ट्रेलियाले पपुवा न्यू गिनिस्थित बन्दीगृह बन्द भएपछि मानवीय संकट उत्पन्न हुने भन्दै सो निर्णय फिर्ता लिन अष्ट्रेलियालाई आग्रह गरेको छ ।

पपुवा न्यू गिनी र नौरुमा जबरजस्ती राखिएका आप्रवासी समस्याबाट अष्ट्रेलिया सरकार कानुनी र नैतिकताका आधारमा पनि भाग्न नमिल्ने यूएनएचसीआरको ठहर छ । अष्ट्रेृलियामा अवैध रुपमा पुग्ने गरेका आप्रवासीलाई राखिदै आएको पपुवा न्यू गिनिको मानुस द्विप र प्रशान्तीय क्षेत्र नौरुमा राखिने गरेको छ ।

क्यानबेराले मानुस द्विप आगामी मंगलबारदेखि बन्द गर्ने निर्णय गरेको छ । त्यहाँ रहेका ९ सय बन्दीलाई कहाँ लैजाने भन्नेबारे अनिश्चित छ । अहिलेसम्म शिविरमा रहेका २ हजार १ सय जनामध्ये १ हजार २ सय ५० जनालाई अमेरिकामा पुनर्स्थापना गर्ने भनिएपनि अमेरिका सो संख्यामा सहमत भइ नसकेको बीबीसीले उल्लेख गरेको छ । अष्ट्रेलियाली सरकारले केही समयका लागि स्थापना गरेको वैकल्पिक शिविर पनि सुरक्षित नभएको यूएनएचसीआरको दाबी छ । यसबारे अष्ट्रेलियाले कुनै प्रतिक्रिया जनाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed