Breaking News.... EverestOnlineKhabar
June 24, 2026

सत्तासाझेदार दल बिपक्षी गठवन्धनमा मिसिनु भनेकै चुनाव रोक्ने षडयन्त्र : उपप्रधानमन्त्री थापा

Loading

काठमाडौं । उपप्रधान तथा उर्जा मन्त्री कमल थापाले बामपन्थी गठवन्धन चुनाव रोक्ने प्रयोजनकासाथ निर्माण भएको आरोप लगाएका छन । उर्जा मन्त्रीका रुपमा पदभार ग्रहण गर्दै मन्त्री थापाले सत्तासाझेदार दल बिपक्षी गठवन्धनमा मिसिनु भनेकै चुनाव रोक्ने षडयन्त्र भएको दावी गर्नुभयो । उहाँले चुनाव रोक्ने बामगठवन्धनको षडयन्त्र असफल बनाउन आफनो पार्टी सरकारमा सहभागी भएको दावी गर्नुभयो ।

उपप्रधानमन्त्री थापाले यसअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको सरकारमा पनि चुनावको सुनिश्चितताकै लागि राप्रपा सरकारमा गएको बताउनुभयो । ‘त्यसबेला पनि मधेसवादी दलले सरकार छोडेपछि अल्पमतमा परी चुनाव नहुने वातावरण बनेको थियो, हामी सरकारमा गएर चुनावको माहोल बनायौँ’ मन्त्री थापाले भन्नुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान बमोजिम तोकिएकै समयमा चुनाव हुने प्रतिबद्धता जनाइरहेकाले कुनै शंका गर्नुपर्ने अवस्था नभएको उहाँले बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed