Breaking News.... EverestOnlineKhabar
June 24, 2026

माओवादीबाट सरकारमा रहेका विनाविभागीय मन्त्रीलाई प्रधानमन्त्री कार्यालयको कुर्सी र सोफा……

Loading

काठमाडौ,१ कार्तिक ।
प्रधानमन्त्री शेरवहादुर देउवाले जिम्मेवारीविहीन बनाएपछि माओवादीका मन्त्री र राज्यमन्त्रीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने व्यवस्था मिलाइएको छ । मुख्यसचिव राजेन्द्र किशोर क्षेत्रीले भनेः‘ मन्त्रीज्यूहरुलाई प्रधानमन्त्रीको सचिवालयमा बस्ने व्यवस्था मिलाइएको छ,१० जना मन्त्रीका लागि प्रधानमन्त्रीको कार्यालयमा व्यवस्था गरिएको हो ।’
राज्यमन्त्रीलाई भने अर्को व्यवस्था नभएसम्म प्रधानमन्त्री कार्यालयको बैठक हलमा बस्ने व्यवस्था गरिएको छ । मुख्य सचिव क्षेत्रीले विनाविभागीय बनाइए पनि माओवादीतर्फबाट सरकारमा सहभागी मन्त्रीहरु मन्त्रिपरिषद् बैठकमा भने सहभागी हुन सक्नेछन् ।
उनले विनाविभागीय मन्त्रीहरुलाई मन्त्रिपरिषद्मा छलफल हुने एजेन्डा पठाइने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed