Breaking News.... EverestOnlineKhabar
October 2, 2026

Loading

काठमाडौं । सर्वोच्च अदालतबाट ११ जना न्यायाधीशलाई हटाउने बिवाद समाप्त भएको छ । न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले सर्वोच्च प्रशासनले मुद्दा दरपीठ गरिसकेकाले यसमा थप फैसला गर्नुपर्ने भन्दै आदेश दिएपछि ११ जना न्यायाधीशलाई घर फर्काउने भनिएको प्रयास समाप्त भएको हो ।

न्यायाधीश मिश्रको इजलासले सर्वोच्च प्रशासनले दरपीठको निवेदनलाई सदर गरेको छ । सर्वोच्चको पूर्ण इजलासलाई आधार मान्दै दरपीठको निवेदन सदर गरिएको हो ।

यसअघिनै सर्वोच्चको पूर्ण इजलासबाट ११ जना न्यायाधीश सम्बन्धी विवाद टुंगो लागेको थियो । तर केही कानुन व्यवसायी र पूर्व महान्यायाधिवक्ताले फेरी त्यो मुद्दा ब्युँताएर सर्वोच्चमा नयाँ न्यायाधीश नियुक्ति गर्ने चलखेलमा लागेका थिए । पूर्व महान्यायधिवक्ता रमण श्रेष्ठ, न्यायपरिषदका पूर्व सदस्य उपेन्द्र केसरी न्यौपाने लगायतले अधिवक्ता विजय सिंह सिजापति मार्फत ११ जना न्यायाधीश हटाउन माग गर्दै असोज २२ गते रिट निवेदन दायर गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed