Breaking News.... EverestOnlineKhabar
June 4, 2026

इङ्लिस प्रिमियर लिगमा आठौं चरणका खेल शनिवारबाट सुरु

Loading

बिबिसि । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आठौं चरणका खेल शनिवारबाट सुरु हुँदै छन् । शनिवार राती सात वटा खेल हुने कार्यतालिका छ ।

पहिलो खेलमा लिभरपुल र म्यानचेस्टर युनाइटेड भिड्दै छन् । राती नै बर्नले र वेस्टह्याम युनाइटेड, क्रिस्टल प्यालेस र चेल्सी, म्यानचेस्टर सिटी र स्टोक सिटी, स्वान्सी र हडर्स्फिल्ड तथा टोटनह्याम र वर्नमाउथ भिड्दै छन् ।

यस्तै, वार्टफोर्ड र आर्सनल पनि शनिवार राती नै भिडन लागेका छन् ।

सातौं चरणका खेलसम्म म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड समान १९ अंकसहित क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।
तेस्रो स्थानमा रहेको टोटनह्यामको १४ अंक छ भने चौथो र पाँचौं स्थानमा रहेको चेल्सी र आर्सनलको समान १३ अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed