![]()
काठमाडौं । गैर आवासीय नेपाली संघको अध्यक्षमा जमुना गुरूङ घलेले उमेदवारी घोषणा गरेकी छन् । काठमाडौंमा बिहीबार एक कार्यक्रमकाबीच वर्तमान अध्यक्ष शेष घलेकी पत्नीसमेत रहेकी जमुनाले उमेदवारी घोषणा गरेकी हुन् । एनआरएनको अध्यक्षमा यसअघि वर्तमान उपाध्यक्ष भवन भट्टले उमेदवारी घोषणा गरिसकेका छन् ।
जमुनाले नेतृत्व चयन प्रजातान्त्रिक परिपाटीबाट हुने बताउँदै कसैलाई पनि निषेध गर्न नहुने धारणा राखिन । आफना बिभिन्न ११ बुँदे एजेण्डा प्रस्तुत गर्दै उनले गैरआवासीय नेपालीहरुको माग र अपेक्षालाई पूरा गर्न, गैर आवासीय नेपाली संघका मुख्य स्टकेहोल्डरहरुको विश्वास र अपेक्षालाई निरन्तरता दिन, महिला शसक्तिकरण र सहभागीतालाई संस्थाको मेरुदण्डको रुपमा स्थापित गन, मेगा परियोजनालाई समयसीमाभित्र सम्पन्न गराउन, वैदेशिक रोजगारीको क्षेत्रमा खासगरी मध्येपुर्वका महिला श्रमिकवर्गको हितमा बढि केन्द्रीत हुने बताइन ।
आउँदो शनिवारबाट सम्मेलन सुरु हुँदैछ ।


