Breaking News.... EverestOnlineKhabar
June 4, 2026

एमालेले समानुपातिकतर्फका उम्मेदवारको नाम स्थायी कमिटीबाट टुंगो लगाउने

Loading

काठमाडौ,२५ असोज ।
नेकपा एमालेले समानुपातिकतर्फको उम्मेदवार स्थायी समितिबाट टुंगो लगाउने भएको छ । मंगलबार बसेको स्थायी समितिको बैठकले २६ र २७ गते बस्ने स्थायी समितिको बैठकले समानुपातिकतर्फको नामावली तय गर्ने निर्णय गरेको हो ।
यसैबिच नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताले राष्ट्रियसभाको चुनावमा समान धारणा बनाएर जाने निर्णय गरेका छन् । एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको दुई दलका शीर्ष नेताको बैठकमा राष्ट्रियसभा गठन र त्यसको प्रक्रियालाई कुन ढाँचामा अगाडि लैजाने भन्नेबारेमा छलफल भएको हो ।
छलफलमा सहभागी सांसद रामनारायण बिडारीले राष्ट्रियसभा गठन प्रक्रिया र निर्वाचन प्रणालीबारे छलफल भएको जानकारी दिए । एमाले र माओवादी केन्द्रबिच चुनावी तालमेल गर्ने निर्णय भएपछि नेपाली कांग्रेसले एकल संक्रमणीय आधारमा नै राष्ट्रियसभा गठनको प्रक्रिया अगाडि बढाउने धारणा राख्दै आएको छ ।
राष्ट्रिय सभामा ५९ सदस्य रहने संवैधानिक व्यवस्था छ । त्यसमा ५६ जना निर्वाचन प्रणालीबाट छानिनेछन् भने तीन जना मनोनीत हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed