Breaking News.... EverestOnlineKhabar
June 19, 2026

आगामी चुनावमा लोकतान्त्रिक गठवन्धनको बहुमत : राणा

Loading

काठमाडौं । राप्रपा–प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक गठवन्धनको बहुमत आउने दावी गर्नुभएको छ । रिपोर्टस क्लबद्वारा आयोजित अन्तक्रियामा बोल्दै अध्यक्ष राणाले ६ दलीय बृहत्त लोकतान्त्रिक गठबन्धन एक भएर जाने र निर्वाचनमा स्पष्ट बहुमत प्राप्त हुने दावी गर्नुभयो ।

अध्यक्ष राणाले गठबन्धनले छिट्टै साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने पनि जानकारी दिनुभयो । गठबन्धनमा आवद्ध ६ वटै दलहरु बेग्लाबेग्लै विचारधारा बोक्ने दल भएकोले कसरी अघि बढ्ने भन्नेबारे साझा न्यूनतम कार्यक्रमहरु आवश्यक भएको उहाँले बताउनुभयो ।
अध्यक्ष राणाले भन्नुभयो, ‘हाम्रो गठबन्धन कसैको विरुद्धमा गठन भएको होईन, हामी त यो मुलुकमा बलियो, स्थायी सरकार बनाउनुपर्छ भन्ने पक्षमा छौं ।’ वामपन्थी गठबन्धन बनेसँगै सबै प्रजातान्त्रिक शक्तिहरुलाई एक ठाउँमा आउनको लागि मद्दत पुगेको उहाँले स्पष्ट पार्नुभयो । मुलुकमा देखिएको राजनीतिक अस्थिरताको अन्त्यको लागि बृहत्त प्रजातान्त्रिक मोर्चा आवश्यक रहेको उहाँले बताउनुभयो ।

अध्यक्ष राणाले डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको पार्टी र आफ्नो पार्टीवीच साझा चुनाव चिन्ह लिएर जाने विषयमा छलफल भैरहेको जानकारी दिंदै कमल थापा नेतृत्वको राप्रपासँग चुनावी तालमेल हुने समेत बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed