![]()
काठमाडौं । काठमाडौंको बल्खु कुलेश्वरस्थित फलफूल बजार अगाडि सुकुम्बासी बस्तीमा आगलागी हुँदा ६० घर जलेर नष्ट भएका छन् ।
सोही बस्तकिा मानबहादुर विकको घरबाट शुरु भएको आगलागीमा ६० घर जलेर खरानी भएका हुन । विकको घरमा बालिएको दियोबाट आगो सल्केको बताइएको छ ।
आगोमा परेर १५ भन्दा बढी ग्यास सिलिण्डर बिष्फोट भएका थिए । बडादशैंको दिन विकको घरमा दुर्गा माताको पूजा आराधना गरी दियो बालिएको सोही दियो सल्केको बताइएको छ ।
डेरामा बस्ने तीन जना आगोमा परेर घाइते भएका छन् भने सबैको खाद्यान्न, लत्ताकपडा जलेको छ । नेपाली सेनाका पाँच वटा दमकलले रातभर लगाएर आगो नियन्त्रणमा लिएका थिए ।
अग्निपीडितहरुको लागि बस्ने र खानेको समस्या छ भने लत्ताकपडा सबै जलेर नष्ट भएका छन् । उनीहरुलाई स्थानीयबासिन्दाले बस्ने, खानेको व्यवस्था गरेका छन् ।


